दुई छोरी सहित स्वास्नी निखोज, परिवारको खोजीमा लोग्ने

सिलगढी : गत 4 दिनदेखि स्वास्नी सहित 2 जना छोरी निखोज भएपछि लोग्ने लगायत तिनको परिवारका सदस्यहरूले सहरको विभिन्न ठाउँमा तिनीहरूको खोजी गरिरहेका छन्। फुलबारीको अम्बिकानगर इलाका निवासी श्याम सुन्दर महतोले गत 11 वर्ष अघि सामाजिक रीति-रिवाज अनुसार बिहे गरेका थिए भने स्वास्नी 2 छोरीसित तिनले खुसीको साथमा जीवन बिताइरहेका थिए। यसैबीच तिनको स्वास्नी दाजुको घर जान्छु भनेर 2 छोरीलाई लिएर घरबाट निस्केपछि 4 दिन बितिसक्दा पनि घर फर्किआएकी छैनन्। यसपछि श्याम सुन्दर महतोले घटनाबारे एनजेपी थानामा लिखित अभियोग दर्ता गरेका छन्। अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *