दुई दिदी-बहिनीले बिहेको लागि राखेको रुपियाँ तथा गर-गहना चोरी

सिलगढी : सिलगढीको सूर्यसेन कोलनी मोर बजार इलाकाको एउटा घरबाट नगद रुपियाँ सहित सुनको बहुमूल्य गर-गहना चोरी भएको छ। प्राप्त जानकारी अनुसार दुई दिदी-बहिनीले दोकानमा काम गरेर बिहेको लागि लगभग डेढ लाख रुपियाँ र सुनको केही गर-गहना बनाएर राखेकी थिइन्। गत राति ती दुई दिदी-बहिनी मामाको घरमा गएकी थिइन्। आज बिहान घर फर्किआउँदा आलमारीको लकर भत्काएर नगद रुपियाँ सहित सुनको गर-गहना चोरी भएको थाहा पाएपछि ती दुई दिदी-बहिनी रुन थालिन्। तिनीहरूले बताएअनुसार आफ्नो बिहेको लागि केही रुपियाँ तथा सुनको गर-गहना बनाएर राखेकी थिइन्। घटनाबारे न्यु जलपाईगढी थाना लिखित अभियोग दर्ता गरेपछि पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *