दुई दिनको बद्ली अब केवल एक दिन बन्द रहनेछ राजगञ्जको विभिन्न बजारहरू

राजगञ्ज : राजगञ्जको विभिन्न बजारहरू दुई दिनको बद्ली अबदेखि एक दिन मात्र बन्द रहने भएको छ। प्रशासनले आज राजगञ्जका व्यवसायीहरूसित एउटा बैठक गरेर उक्त निर्णय लिएको हो। प्राप्त जानकारीअनुसार राजगञ्ज थाना परिसरमा आज पुलिस, प्रशासन तथा व्यवसायीहरूमाझ एउटा बैठक सम्पन्न भयो। उक्त बैठकमा राजगञ्जका बीडीओ पंकज कोनार, राजगञ्ज थानाका आईसी पंकज सरकार लगायत इलाकाका व्यवसायीका प्रतिनिधिहरू उपस्थित थिए। राजगञ्जमा हालसम्म  सप्ताहमा दुई दिन सोमबार र शुक्रबार बजार, सबै दोकानपाट बन्द थियो भने अब दुई दिनको बद्ली केवल एकदिन मात्र बजारहरू बन्द रहने निर्णय लिएको छ। यस सम्बन्धमा बीडीओ पंकज कोनारले बताएअनुसार कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखेर सप्ताहमा मंगलबार पागला हाट, बुधबार प्रधानपाडा र भोलापाडा एवम् शुक्रबार राजगञ्ज, कालीनगर, फाटापुकुर, मगराडाङ्गी, सारीयाम एवम् भुटकीहाट बन्द रहनेछ। हाल यस्तै प्रकारले चल्नेछ भने आगामी दिनमा परिस्थिति हेरेर निर्णय लिइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *