दुई दिनपछि टिस्टा क्यानलमा डुबेका किशोरको शव उद्धार

राजगञ्ज : दुई दिनपछि फुलबारीको टिस्टा क्यानलमा डुबेर निखोज भएको किशोरको शव उद्धार भएको छ। स्थानीय मानिसहरूले आज फुलबारी टिस्टा क्यानलमा उक्त किशोरको शव देखेपछि पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर स्थानीय मानिसहरूको सहयोगमा शव उद्धार गरेको छ। स्मरण रहोस्, गत आइतबार दिउँसो 4 जना किशोर फुलबारी टिस्टा क्यानलमा नुहाउन गएका थिए। क्यानलमा नुहाइरहेको समय रवि बर्मन (16) नाम गरेको किशोर पानीले बगाएपछि निखोज भएका थिए। गत दुई दिनदेखि एनजेपी पुलिसको पहलमा डाबग्राम पुलिस ब्यारेकका गोताखोरले किशोरको खोजी गरिरहेको थियो भने आज बिहान टिस्टा क्यानलबाट किशोरको शव उद्धार भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *