दुई दिवसीय फुटबल खेलको फाइनलमा रोहिणी फुटबल क्लब विजयी

सोनादा: नयाँ कमान सिमानाटार एकता युथ क्लबद्वारा स्वर्गीय राजु गुरुङको पूण्य स्मृतिमा गत 13 अनि 14 नोभेम्बरमा आयोजना गरिएको दुई दिवसीय फुटबल प्रतियोगिता समापन गरियो। उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा समाज सेवी सुभास गुरुङ उपस्थित थिए। उक्त फुटबल प्रतियोगिताको फाइनल खेलमा रोहिणी फुटबल क्लब अनि नाली चउर भेट्रेन क्लबमाझ भीडन्त भएको थियो भने रोहिणी फुटबल क्लबले 3 गोल गरेर विजयी बन्यो।


नाली चउर भेट्रेन क्लबले 1 गोल मात्र गरेका थिए। यस फाइनल खेलमा विजयी टोलीलाई ट्रफी लगायत 4000 रुपियाँ नगद राशि अनि उपविजेता टोलीलाई ट्रफी सहित 2000 रुपियाँ प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *