दुई गुटमाझ व्यापक झमेला हुँदा एनजेपी इलाकामा उतप्तको माहौल, एकजना पुलिसकर्मी घाइते

सिलगढी : एनजेपी स्टेसन इलाकास्थित ट्रक स्ट्यान्डको इलाका दखललाई लिएर दुई गुटमाझ व्यापक झमेला हुँदा उतप्तको माहौल सृष्टि भयो। यसको साथै दुई गोष्ठीमाझ हातापाई समेत भएको बताइएको छ। उक्त इलाकामा पहिलेबाटै धेरै संख्यामा ढुङ्गा, लट्ठी, रड लुकाएर राखिएको थियो। घटनाको खबर पाएर एनजेपी थाना पुलिस पुगे तापनि दुई गुटमाझको झगडामा एकजना पुलिस कर्मीको हात भाँच्चिएको बताइएको छ। घटनापछि उक्त इलाकामा विशाल पुलिस वाहिनी पुगेर परिस्थिति नियन्त्रणमा ल्याउनको लागि लट्ठीचार्ज गर्नको साथै घटनास्थलबाट 5 जनालाई हिरासतमा लिएको छ। यसपछि डीसीपी जय टुडु, एसीपी शुभेन्द्र कुमार पनि घटनास्थलमा पुगे। घटनामा तृणमूलका निष्कासित नेता प्रसनजीत रायको नाम आए तापनि कसले उक्त हमला गरेको हो भन्नेबारे थाहा नभएको बताउँदै एनजेपी स्टेसन इलाकामा धेरै दिनदेखि आफू नगएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *