दुईजना भाजपा कार्यकर्ताको घरअघि बमले भरिएको झोला उद्धार

कुचबिहार : कुचबिहारको खापाईडाङ्गा ग्राम पञ्चायतका दुईजना भाजपा कार्यकर्ताको घर अघि बमले भरिएको झोला उद्धार गरेको घटनालाई केन्द्र गरेर इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार आज बिहान खापाईडाङ्गा ग्राम पञ्चायतको 287 नम्बर बुथका भाजपा कार्यकर्ता तथा पञ्चायत चुनाउका भाजपा प्रार्थी अभिजीत सरकारको घर अघि बमले भरिएको झोला उद्धार भएको बताइएको छ। तिनले यस वर्ष पञ्चायत चुनाउ लडे तापनि पराजयको सामना गर्न परेको थियो। आज बिहान अभिजीत सरकारकी आमाले घरको गेटमा झोला झुन्डिएको देखेपछि खोलेर हेर्दा बम देखिन्। यसपछि इलाकामा सनसनी फैलियो। अर्कोतिर, एउटै ग्राम पञ्चायतको 288 नम्बर बुथका अर्का एकजना भाजपा कार्यकर्ता मनोज रायको घर अघि पनि बमले भरिएको झोला उद्धार भएको बताइएको छ। यस वर्षको पञ्चायत चुनाउमा मनोज रायले भाजपाको तर्फबाट काम गरेका थिए। चुनाउको परिणाम घोषणा भएदेखि नै तिनको घरमा ढुङ्गा हानेको आरोप छ। आज बिहान तिनको घर अघि बमले भरिएको झोला उद्धार भएको बताइएको छ। घटनाको सटीक जाँच गरेर आरोपीलाई सजाय दिनुपर्ने तिनले माग गरेका छन्। घटनाको खबर पाएर पुन्डीबारी थाना पुलिस घटनास्थलमा पुगेर बम उद्धार गरेर लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *