दुई जना वृद्धालाई कुटपिट गरेको सुरज सहानी विरूद्ध आरोप

सिलगढी: घर अघिको सड़कमा टोटो राखेको घटनालाई लिएर विवाद शुरू भएपछि दुइजना वृद्धालाई कुटपिट गरेको सुरज सहानी नाम गरेका युवक विरूद्ध अभियोग लगाइएको छ। यो घटना सिलगढीको भक्तिनगर इलाकामा हिज मंगलवार राति घर अघि टोटो राखेको विषयलाई लिएर भक्तिनगर इलाका निवासी प्रसेनजीत साहासित सुरज सहानीको विवाद भएको थियो। यस अवधि प्रसेनजीत साहाको आमा अनि अन्य एकजना वृद्धालाई सुरज सहानीले धक्का दिनको साथै कुटपिट गरेको आरोप लगाइएको छ। यति मात्र नभएर तिनीहरूलाई मार्ने धम्की समेत दिएको बताइएको छ। उक्त घटना पछि आज बिहान टोटो चालक प्रसेनजीत साहाले आरोपी युवक खिलाफ एउटा लिखित अभियोग दर्ता गरेपछि एनजेपी थाना पुलिस उक्त इलाकामा पुगेको थियो तथापि पुलिसले आरोपी युवकलाई पक्राउ गर्न सकेन।  प्रसेनजीत साहा अनि तिनका परिवारले आरोपी सुरज सहानीलाई पक्राउ गरेर कठोर सजाय दिने माग गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *