दुईजना दुष्कृति पक्राउ

सिलगढी : सिलगढीको फुलबारीमा गत वर्ष डकैती गर्ने उद्देश्यले भेला भएका दुष्कृतिहरूमध्ये पुलिसको आँखा छलेर भाग्न सफल भएका दुईजना दुष्कृतिलाई एनजेपी थाना पुलिसले हिजो राति पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू मिलन सामन्त र दीपु महन्तको रूपमा सामेल छन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार गत 21 नोभेम्बर 2020 मा फुलबारीको शोयाभिटा इलाकामा डकैती गर्ने उद्देश्यले भेला भएका केही दुष्कृतिहरूलाई पुलिसले पक्राउ गरे तापनि तीमध्ये केही दुष्कृतिहरू भाग्न सफल भएका थिए। गत राति पुलिसले उक्त डकैत दलका दुईजना युवकलाई पक्राउ गरेको छ भने ती दुईमध्ये दीपु महन्त धेरैवटा अपराधमूलक कार्यहरूमा संलग्न रहेको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *