दुई महिनापछि नगरनिगम कार्यालय पुगे प्रशासक अशोक भट्टाचार्य

सिलगढी : सिलगढी नगरनिगमको प्रशासक बोर्डका चेयरम्यान अशोक भट्टाचार्य दुई महिनापछि आज कार्यस्थलमा पुगे। स्मरण रहोस्, गत 16 जुनमा तिनी कोरोना संक्रमित भएर मतिगढास्थित एउटा गैर सरकारी नर्सिङ होममा भर्ना भएपछि लगभग 21 दिनको उपचारपछि तिनी स्वस्थ्य भएर घर फर्केका थिए। लगभग 1 महिनापछि तिनले आज नगरनिगमद्वारा आयोजित रवीन्द्रनाथ टेगोरको 79औँ पुण्यतिथि कार्यक्रममा अंश ग्रहण गरे। तिनले रवीन्द्रनाथको सालिगमा माल्यर्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। यसपछि तिनी नगरनिगम कार्यालय पुगेर नीजि विभागीय कोठामा बसे। धेरै समयपछि आज कार्यालय फर्किआएकोमा कर्मचारीहरूले तिनलाई स्वागत जनाए। केही आवश्यक कार्य नभए केही दिनसम्म कसैको सम्पर्कमा नआउने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *