दुई सुत्रीय मागमा उत्तरबंग खौरोकार शील समन्वय समितिद्वारा बीडीओलाई ज्ञापन

राजगञ्ज : दुई सुत्रीय मागलाई लिएर उत्तरबंग खौरोकार शील समन्वय समितिको राजगञ्ज ब्लक कमिटीले आज राजगञ्ज बीडीओ कार्यालयमा एउटा ज्ञापन पत्र चढायो। हजामहरूलाई मासिक भत्ता 12 हजार रुपियाँ दिइनुपर्ने, नाई (हजाम) परिषद गठन गरिनुपर्ने माग गर्दै आज उक्त कमिटीले बीडीओलाई ज्ञापन पत्र चढाएको बताइएको छ। संगठनका बाबुल शीलले बताएअनुसार सरकारले फेरि राज्यमा सबै सेलुनहरू बन्द गर्ने निर्देश दिएको छ। यसैले आज संगठनद्वारा दुई सुत्रीय माग लिएर बीडीओसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको हो। यदि आफूहरूको माग पुरा नगरेको खण्डमा सबै प्रकारको सामाजिक कार्यहरू बन्द गर्न बाध्य हुने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *