दुई स्वतन्त्रता सेनानीको भोलि सालिग अनावरण गरिने

सिलगढी : सिलगढीको गुरूङ नगरस्थित वीर जवान चोकमा भानुभक्त समितिको आयोजनामा निर्माण गरिएको स्वतन्त्रता सेनानी नेताजी सुभाषचन्द्र बोस अनि मेजर दुर्गा मल्लको पूर्णाङ्क सालिग भोलि 23 जनवरी अपरान्ह 4 बजी विधिवत रूपमा अनावरण गरिने भएको छ। यसबारे भानुभक्त समितिका महासचिव कृष्ण लामाले जानकारी दिँदै अनावरण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन्। 23 जनवरी नेताजी सुभाषचन्द्र बोसको जन्म जयन्तीको अवसरमा नै उक्त सालिग अनावरण कार्यक्रम राखिएकोले सबै संघ-संगठन तथा अन्य सबैलाई यस अवसरमा उपस्थित भइदिने तिनले आहवान गरेका छन्। तिनले बताएअनुसार उक्त सालिग अनावरणको निम्ति राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीलाई पनि पत्राचार गरिसकेका छन् भने यसबाहेक मन्त्री गौतम देव, जीटीए चेयरम्यान अनित थापा, गोजमुमो अध्यक्ष विनय तामाङ, पूर्व एडीएम गोपाल लामालगायत अन्य वरिष्ठ व्यक्तिहरूलाई उक्त कार्यक्रममा निमन्त्रणा गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *