दुईवटा वाहन आपस्तमा ठोक्किँदा 7 जना घाइते, दुईजना चिन्ताजनक स्थितिमा

खोरीबारी: खोरीबारी-घोषपुकुर सड़कमा आज भएको दुर्घटनामा 7 जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार यात्रुहरू सवार रहेको एउटा वाहन खोरीबारीदेखि घोषपुकुर तर्फ गइरहेको समय विपरीत दिशाबाट आइरहेको वाहनसित सोझै ठोक्कियो। उक्त दुर्घटनामा यात्रु वाहनमा सवार 6 जना अनि अन्य वाहनको एक जना गरेर मोठ 7 जना घाइते भएका छन्। दुर्घटना पछि घाइतेहरूलाई तत्कालै चिकित्साको लागि खोरीबारी अस्पतालमा पुऱ्याइए तापनि चिकित्सकहरूले घाइतेहरूलाई त्यहाँबाट उत्तरबंग मेडिकल कलेज तथा अस्पताल रेफर गरिदिएको छ। घाइतेहरूमध्ये दुईजनाको स्थिति चिन्ताजनक रहेको बताइएको छ।


 

 


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *