दुईवटा बाइक ठोक्किँदा 3 जना घाइते

राजगञ्ज : दुईवटा बाइक आपस्तमा ठोक्किँदा तीनजना व्यक्ति घाइते भएका छन्। उक्त घटना आज बिहान उत्तरकन्या नजिक बसुन्धरा आवासन मोड़मा घटेको हो। स्थानीय सूत्रले दिएको अनुसार बसुन्धरा आवासन मोड़मा दुईवटा बाइक आपस्तमा ठोक्किँदा एकजना दिव्याङ्ग व्यक्ति सहित तीनजना व्यक्ति घाइते भएका छन्। यसको साथै उक्त दिव्याङ्ग व्यक्तिको ट्राइसाइकल भत्किएको बताइएको छ। घटनापछि स्थानीय मानिसहरूले उक्त घाइतेहरूलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे। घटनाको जानकारी पाएर एनजेपी पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *