दुईवटा बाइक ठोक्किँदा तीनजना घाइते

कुचबिहार : कुचबिहारको महिषबथान इलाकामा दुईवटा बाइक आपस्तमा ठोक्किँदा तीनजना व्यक्ति घाइते भएका छन्। प्राप्त जानकारीअनुसार शनिबार एउटा बाइक खगराबाड़ीबाट राजाहाटतर्फ गइरहेको समय विपरित दिशाबाट आइरहेको अन्य एउटा बाइकसँग ठोक्किँदा दुईजना बाइक चालकलगायत अन्य बाइकमा सवार एकजना व्यक्ति घाइते भएका छन्। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई तत्कालै कुचबिहार सरकारी मेडिकल कलेज एवम् अस्पतालमा लगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *