दुईवटा बाइक ठोक्किँदा 3 जना घाइते

राजगञ्ज : दुईवटा बाइक आपस्तमा ठोक्किँदा 3 जना घाइते भएका छन्। उक्त घटना फुलबारी घोषपुकुर बाइपास सडकको गठमाबारी संलग्न इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार आज बिहान फुलबारीबाट एउटा बाइक घोषपुकुरतर्फ गइरहेको समय विपरीत दिशाबाट आइरहेको अन्य एउटा बाइकसित ठोक्किँदा 2 जना युवक सहित एउटी महिला घाइते भएको बताइएको छ। घाइतेहरू 3 जना मध्ये 2 जनाको अवस्था आशंकाजनक रहेको छ। घटनापछि घाइतेहरूलाई उद्धार गरेर फुलबारीको एउटा गैर सरकारी अस्पतालमा पठाएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *