दुईवटा बाइक ठोक्किँदा एकजनाको मृत्यु, अन्य एकजना घाइते

खोरीबारी : बतासी दुर्गा मन्दिर नजिक नेशनल हाईवे 327 ई-मा दुईवटा बाइक आपस्तमा ठोक्किँदा एकजना युवकको घटनास्थलमै मृत्यु भएको छ भने बाइकमा सवार अन्य एकजना युवक गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारी अनुसार हिजो अबेर राति बतासी दुर्गा मन्दिर नजिक हाईवेमा दुईवटा बाइक आपस्तमा ठोक्किँदा एकजना युवकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य एकजना युवक गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनापछि घाइते युवकलाई उद्धार गरेर उपचारको लागि अस्पतालमा लगियो। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *