दुई वटा डम्पर आपस्तमा ठोक्किँदा चालक गम्भीर रूपमा घाइते

राजगञ्ज: उदलाबारी क्रान्ति मोडको राष्ट्रीय राजमार्गस्थित धनतला बजार संलग्न इलाकामा आज बिहान दुई वटा डम्पर आपस्तमा ठोक्कियो। उक्त दुर्घटनामा एकजना चालक गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज बिहान मयनागढीबाट एउटा डम्पर उदलाबारी तर्फ गइरहेको समय पलास मोड़मा उदलाबारीबाट तीव्र गतिमा आइरहेको अर्को डम्परसित एकार्कासित ठोक्कियो। उक्त घटनामा चालक घाइते अवस्थामा वाहनमा नै फसे। अर्कोतिर, घटनाको खबर पाएर क्रान्ति आउटपोस्ट पुलिस अनि मयनागढीबाट दमकल कर्मीहरू घटना स्थलमा आइपुगे। यसपछि डम्परको केही भाग काटेर चालकलाई त्यहाँबाट बाहिर निकाले। यसपछि गम्भीर घाइते अवस्थामा चालकलाई चिकित्साको लागि मयनागढी ग्रामीण अस्पतालमा पठाइयो। यसैबीच, दुर्घटनाग्रस्त दुवै वटा वाहनलाई पुलिसले आफ्नो नियन्त्रणमा ल्याउनको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *