दुईवटा लरी ठोक्किँदा एकजनाको मृत्यु, एकजना घाइते

करणदिघी :  ग्यास सिलेन्डर बोकेको लरी र चामल बोकेको एउटा लरी आपस्तमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन्। उक्त घटना आज उत्तरदिनाजपुर जिल्लाको करणदिघी ब्लकको पिसला इलाकाको 34 नम्बर राष्ट्रिय राजमार्गमा घटेको हो। घटनापछि इलाकामा केही समयको लागि जामको समस्या देखापर्यो। स्थानीय सूत्रले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा ग्यास सिलेन्डर बोकेको लरीका चालक रामको मृत्यु भएको छ भने खलासी घाइते भएका छन्। घाइते खलासीलाई उद्धार गरेर करणदिघी ग्रामीण अस्पतालमा भर्ना गरिएको छ। घटनाको खबर पाएर करणदिघी थाना पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै दुईवटा लरी पुलिस नियन्त्रणमा लिएर घटनाको जाँच शुरू गरेको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *