दुईवटा पबमा भएको कुटपीटको घटनामा 1 जना पक्राउ

सिलगढी : सिलगढीको सेभोक रोडस्थित दुईवटा पबमा भएको कुटपीटको घटनामा भक्तिनगर थाना पुलिसले पबका मालिकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति विजय सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी गत 8 जुलाईमा सेभोक रोडस्थित 2 वटा पबका कर्मचारीहरूबीच सामान्य कुरालाई लिएर हातापाई भएपछि इलाकामा तनाउको माहौल देखापर्यो। यसपछि विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा ल्याइएको थियो। उक्त  घटनापछि भक्तिनगर थानामा अर्को पबका म्यानेजरले लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा भक्तिनगर थाना पुलिसले गत राति पबका मालिक विजय सरकारलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *