दुईवटा ट्रक आपस्तमा ठोक्किँदा 1 जनाको मृत्यु, 1 घाइते

राजगञ्ज :  सिलगढीको जलपाईगढी राष्ट्रिय राजमार्गको बन्दुनगर इलाकामा आज बिहान दुईवटा ट्रक आपस्तमा ठोक्किँदा 1 जनाको मृत्यु भएको छ भने अन्य एकजना चालक घाइते भएका छन्। प्राप्त जानकारीअनुसार एउटा बाँस लादिएको ट्रक र मालवाही ट्रक आपस्तमा ठोक्किँदा मालवाहक ट्रक चालकको मृत्यु भएको छ भने अन्य ट्रकको चालक गम्भीर रूपमा घाइते भएका छन्। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस र दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगे। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ भने अन्य एकजना घाइते चालकलाई राजगञ्ज ग्रामीण अस्पतालमा उपचारको लागि पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *