दुईवटा ट्रक ठोक्किँदा 31 जना घाइते

इस्लामपुर : दुईवटा ट्रक आपस्तमा ठोक्किँदा 31 जना मानिसहरू घाइते भएका छन्। घाइतेहरूमा सातजना नानी पनि सामेल छन्। उक्त घटना उत्तर दिनाजपुर जिल्लाको इस्लामपुरस्थित तारूङ्जीबाड़ी 31 नम्बर राष्ट्रिय राजमार्गमा घटेको हो। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आइतबार राति लगभग 9 बजी केही मानिसहरू चोपड़ाको दलुआ मेलाबाट घर फर्किरहेको समय तारूङ्जीबाड़ी इलाकाबाट आइरहेको अन्य एउटा ट्रकसँग ठोक्किँदा 31 जना मानिसहरू घाइते भएका छन्। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर इस्लामपुर महकुमा अस्पतालमा लगे तापनि तीमध्ये तीनजना अवस्था निक्कै खराब भएको कारण उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *