दुर्गा विसर्जन अवधि बाढीले बगाएका मानिसहरूलाई बचाउने 11 जना युवकलाई सिलगढीमा संवर्द्धना

सिलगढी : दुर्गा विसर्जनको अवधि जलपाईगढीको माल नदीमा अचानक बाढ़ आएपछि नदीले बगाएका मानिसहरूलाई आफ्नो ज्यानको पर्वाह नगरी पौडिएर धेरैजना मानिसहरूको ज्यान बचाउने युवकहरूलाई सिलगढीमा संवर्द्धना जनाइयो। सिलगढीको गेट बजारमा युवा भारती क्लबको तर्फबाट आज ती 11 जना साहसी युवकहरूलाई संवर्द्धना जनाइयो। ती युवकहरूमा मोहम्मद माणिक, मनोज मुण्डा, कार्तिक मुण्डा, राज उरावडेविड ताँती, ओम भुइया, तरीफुल इस्लाम, फरीदुल इस्लाम र समीर मुण्डा सामेल छन्। यस अवधि तिनीहरूले उक्त भयानक घटनाबारे बताउँदै आगामी दिनमा पनि मानिसहरूको सहयोगको लागि सदैव तत्पर रहने जनाए। स्मरण रहोस्, दुर्गा पुजा विसर्जन अवधि गत 5 अक्टोबरको राति माल नदीमा बाढीले बगाएर 8 जनाको मृत्यु भएको थियो भने उक्त घटनामा नदीले बगाएका धेरैजना मानिसहरूलाई स्थानीय युवकहरूको सहयोगमा सकुशल उद्धार गर्न सफल भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *