दुर्गागढी जनकल्याण संगठन दार्जिलिङ मोडमा हरिततालिका तीज पर्व पालन

सिलगढी : दुर्गागढी जनकल्याण संगठन दार्जिलिङ मोड सिलगढीको आयोजनामा आज विशेष गरेर संगठनका महिला प्रकोष्ठद्वारा संगठन भवनमै आयोजित हरिततालिका तीज पर्व खुबै धुमधामसँग पालन गरियो। उक्त तीज पर्वमा संगठनका महिलाहरूद्वारा आज बिहानैदेखि विभिन्न रङ्गी-विरङ्गी विशेष गरेर रातो रङ्गको वस्त्र धारण गर्नको साथै सजिएर पुजा आजा गर्दै विवाहित महिलाहरूले आफ्नो लोग्नेको सुस्वास्थ्य, दीर्घायु साथै घरमा सुख शान्तिको कामना गरे भने अविवाहित युवतीहरूले पनि भविष्यमा आफ्नो लागि राम्रो लोग्ने पाओस् भन्ने कामना गर्दै पुजापाठ गरेको देखियो।


यस अवसरमा दुर्गागढी जनकल्याण संगठनका महिलाहरूबाहेक सिलगढीका विभिन्न ठाउँहरूबाट पनि हरिततालिक तीज पर्व मनाउन धेरै संख्यामा महिला तथा युवतीहरू उपस्थित भएका थिए। आजको तीज पर्व कार्यक्रम सफल पार्नको निम्ति विशेष गरेर संगठनका महिला प्रकोष्ठका कल्पना छेत्री, मुन्नु लामा, सुशिला प्रधान आदिले प्रमुख भूमिका निर्वाह गरेका थिए। अर्कोतिर, संगठनका सभापति अमल खवासले हरिततालिका तीज पर्वको अवसरमा संगठनका सबै महिला प्रकोष्ठका सदस्यहरूलाई तीजको शुभकामना दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *