दुर्गालछी राईको उपचारको लागि आर्थिक सहयोग

सोनादा : मुण्डाकोठी संयुक्त मञ्चको तत्वावधानमा मुण्डाकोठीको जैबारी सार्वजनिक भवनमा एउटा कार्यक्रम सम्पन्न भयो। मुण्डाकोठीको जौबारी निवासी मेकलान राईकी पत्नी दुर्गालछी राईको उपचारको लागि आर्थिक सहयोग सङ्कलनको लागि सम्पन्न गरिएको उक्त कार्यक्रममा सिटोङ निवासी समाजसेवी बिक्रम राईले तिनलाई 25 हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरे। दुर्गालछी राई अहिले क्यान्सर रोगको कारणले निजी नर्सिङ होममा उपचाराधीन अवस्थामा छन्। तिनको उपचारको लागि रूपियाँको समस्या भएकोले मुण्डाकोठी संयुक्त मञ्चको तर्फबाट सिटोङ निवासी समाजसेवी बिक्रम राईसित सम्पर्क गरेका थिए। यसैले रूपियाँ सङ्कलन कार्यक्रममा सिटोङ निवासी समाजसेवी बिक्रम राईको पक्षबाट 25 हजार रुपियाँ प्रदान गरेकोमा समाज र संयुक्त मञ्चको तर्फबाट तिनलाई धन्यवाद दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *