दुर्गा मल्लको सालिग निर्माण गर्न खरसाङको गाड़ीधुरामा भूमि पुजन

खरसाङ : खरसाङ महकुमा अन्तर्गत गाड़ीधुरा नवदीप परिवारको तत्परतामा शहिद मेजर दुर्गा मल्ल सालिग निमार्ण कमिटीद्वारा स्थापना हुन लागेको मेजर दुर्गा मल्लको सालिग निर्माणको निम्ति आज भूमि पुजनको कार्य गाड़ीधुरा चोकमा सम्पन्न गरियो। खरसाङ विधानसभा क्षेत्रका विधायक डा. रोहित शर्माको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा क्लबका सभापति गोबिन्द छेत्री, सचिव रोशन विश्वकर्मा लगायत सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको थियो। विधायक शर्माद्वारा पूजा गरेर नरिवल फुटाई यस कार्यक्रमको शुभारम्भ गरियो। यस विषयमा बोल्दै डा. शर्माले नवदीप परिवारका सम्पूर्ण सदस्यहरुलाई शुभकामना व्यक्त गर्दै यस्तो ऐतिहासिक कार्यक्रमको हिस्सा बन्न पाएकोमा खुशी व्यक्त गरे। तिनले गाड़ीधुरामा शालिक निर्माण भए पछि यस क्षेत्रको नक्सानै बद्लिइने बताए। उनले यस शुभ कार्यको निम्ति पहाड़, तराई, डुवर्सलगायत छिमेकी राज्य सिक्किमका जनताले पनि यसको निम्ति सहयोग गरी यस ऐतिहासिक कार्यको हिस्सा बनिदिने आग्रह गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *