दुर्गा पूजा अघि आरपीएफ-को स्पेशल अपरेशन, बिना टिकट यात्रा गरिरहेका 6 जना यात्री पक्राउ

सिलगढी (निसं):  दुर्गा पूजाको ठीक अघि विशेष अभियान चलाएर आरपीएफ-ले टिकट बिनै यात्रा गरिरहेका 6 जना रेल यात्रीलाई पक्राउ गरेको छ। अबको केही दिनमा नै दुर्गा पुजा रहेकोले यस राज्यमा टाढा-टाढाबाट धेरैजना पर्यटकहरू आउने गर्दछन्। कोही पनि बिना टिकट यात्रा गर्न नसकोस् भन्ने उद्देश्य लिएर रेल विभाग तत्पर रहेको छ। यसैलाई ध्यानमा राखेर रेलवेको आरपीएफ-ले अभियान शुरू गरेको छ। एनजेपी स्टेशनको प्रत्येक प्लेटफर्ममा छानबिन गर्दा आरपीएफ-ले टिकट नभएका 6 जना रेल यात्रीलाई पक्राउ गरेको छ। आज तिनीहरू सबैलाई रेलवे कोर्टमा पठाइएको बताइएको छ।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *