दुर्गा पुजा अगावै सिलगढी सहरलाई सौन्दर्यीकरण गरिने नगरनिगमको पहल

सिलगढी दुर्गा पुजा अगावै सिलगढीको सडकहरूलाई मरमति गरेर सहरलाई सुन्दर बनाउने सिलगढी नगरनिगमले पहल गरेको छ। आज दिउँसो सिलगढी नगरनिगमको 3 नम्बर बोरो कार्यालयको बोरो चेयरम्यान मिल्ली सिन्हा र 3 नम्बर बोरो अन्तर्गत सबै पार्षदहरूसित मेयर गौतम देवले एउटा बैठक गरे। यस अवसरमा गौतम देवले भने, दुर्गा पुजा अगावै सिलगढी सहरको सौन्दर्यीकरणमाथि विशेष ध्यान दिइरहेको छ। मुख्य रूपमा सहरको लाइट तथा जर्जर सड़कहरूलाई तीव्र रूपमा मरमति गर्ने विशेष ध्यान दिइरहेको छ। यसैले आज एउटा बैठक गरेर सिलगढीको कुन-कुन इलाकामा के-के काम रहेको छ भन्ने विषयमा जानकारी लिइयो। तथापि, मेयर गौतम देवले 5 वटा बोरोमध्ये 4 वटा  बोरोसित बैठक गरिसकेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *