दुर्गा पुजा अगावै सिलगढी नगरनिगमद्वारा विविध विकासमूलक कार्य गर्ने

सिलगढी : दुर्गा पुजा अगावै सिलगढी नगरनिगमको प्रशासक मण्डलीले धेरैवटा विकासमूलक कार्य गर्ने पहल गरेको छ। सिलगढी नगरनिगमको प्रशासक बोर्डका चेयरम्यान अशोक भट्टाचार्यले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर दुर्गा पुजाको तयारीलाई लिएर केही योजनाहरूबारे जानकारी गराए। दुर्गा पुजा आउन अब केही दिन मात्र बाकी रहेको छ। नगरनिगमको तर्फबाट प्रत्येक वर्ष दुर्गा पुजा अघि सिलगढी सहरलाई सुन्दर बनाउने पहल गर्ने गरे तापनि यस वर्ष नगरनिगमद्वारा कुनै कदम नउठाएको विपक्षी दल तृणमूल कांग्रेसले आरोप लगाएको छ। यसपछि नगरनिगमद्वारा सिलगढी सहरको फोहोर-मैला सफा गर्ने, पिउने पानीको व्यवस्था, सड़कको मरमति, पुजा घाटहरूको निर्माण, गरिब मानिसहरूलाई भत्ता लगायत विविध पहल गरेको बताइएको छ। अशोक भट्टाचार्यले सिलगढी नगरनिगमको बोर्ड बैठकमा यस विषयमा चर्चा गर्नको साथै पुजा अगावै यी सबै कार्यहरू युद्धस्तरमा पुरा गर्ने प्रयास गरिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *