दुर्गा पुजाबारे पुलिस प्रशासन तथा अधिकारीहरूसित प्रशासक गौतम देवले गरे बैठक

सिलगढी : दुर्गा पुजाको तयारीलाई लिएर सिलगढी नगरनिगममा पुलिस प्रशासन तथा विभिन्न कार्यालयका अधिकारीहरूसित प्रशासक गौतम देवले आज एउटा महत्वपूर्ण बैठक गरे। बैठकको अन्तमा गौतम देवले गत वर्ष झैँ यस वर्ष पनि खुल्ला पुजा पण्डाल बनाउने, सबै पुजा पण्डालहरूमा मास्क तथा सेनिटाइजरको व्यवस्था गरिनुपर्ने, पुजा घुम्न आउने मानिसहरूले मास्क तथा सेनिटाइजर प्रयोग गरेको छ अथवा छैन भन्ने विषयमा विशेष ध्यान दिइनुपर्ने बताए। यस वर्ष कुनै नयाँ पुजा कमिटीलाई पुजाको आयोजना गर्ने अनुमति नदिइने, अनुमोदन पाएका पुजा कमिटीले अनलाइन तथा अफलाइनको माध्यमद्वारा पुजाको अनुमति लिइनसक्ने तिनले बताए। 15 देखि 17 अक्टोबरसम्म दुर्गा पुजाको विसर्जन गर्न सकिनेछ। चम्पासरी, सालुगढा लगायत छेउछाउका इलाकाको प्रतिमा विसर्जन गर्न सकोस् भन्ने उद्देश्य लिएर यस वर्ष सिलगढीको महानन्दा लालमोहन मौलिक निरञ्जन घाट बाहेक पार्वती घाटमा पनि पुजा विसर्जनको व्यवस्था गरिने तिनले बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *