दुर्गा पुजाबारे सिलगढी नगरनिगमले गर्यो पुजा कमिटीहरूसित बैठक

सिलगढी : दुर्गा पुजालाई लिएर सिलगढी नगरनिगमले आज दुर्गा पुजा कमिटीहरूसित एउटा बैठक गर्यो। आज सिलगढीको रामकिङ्कर हलमा सहरका पुजा कमिटीका सदस्यहरूसित नगरनिगमले एउटा बैठक गरेर दुर्गा पुजाबारे चर्चा परिचर्चा गरे। कोरोना महामारीले गर्दा गत 2 वर्षदेखि सिलगढीमा साधारण रूपमा दुर्गा पुजाको आयोजना गरिएको थियो भने यस वर्ष सिलगढी नगरनिगमले पर्यावरण हितैषी पुजा गर्ने संकल्प लिएको छ। कोलकाताको कार्निभल झैँ यता सिलगढीमा पनि दुर्गा पुजाको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ। पुजा घुम्न आउने मानिसहरूको सुविधाको लागि पुजा गाइड म्याप प्रकाश गरिनेछ भने चाँडै पब्लिक हेल्पिङ एप नाम गरेको एउटा एप शुरू गरिनेछ। यसको साथै सीसीटीभीको माध्यमद्वारा नजरदारी गरिने भएको छ। सिलगढी अग्नि शमन विभागको तर्फबाट 2 वटा हेल्पलाइन नम्बर जारी गरेको छ। कुनै प्रकारको समस्या भएको खण्डमा पुजा कमिटी एवम् कर्तृपक्षले 03532501867/03532502222 नम्बरमा सम्पर्क गर्न सक्नेछन्। आजको सभामा डीसीपी जय टुडू, मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, नगरनिगम कमिश्नर सोनम वाङ्दी भुटिया लगायत सहरका लगभग 150 वटा पुजा कमिटीका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *