दुर्गा पुजाको बोनसको माग गर्दै राजगञ्जको मानसरोवर चिया कारखानाका श्रमिकहरूद्वारा विक्षोभ प्रदर्शन

राजगञ्ज : दुर्गा पुजा समाप्त भए तापनि हालसम्म बोनस नपाएपछि राजगञ्जको मानसरोवर चिया कारखानाका श्रमिकहरूले आज 20 प्रतिशत बोनस दिइनुपर्ने माग गर्दै कारखाना अघि विक्षोभ प्रदर्शन गरे। राजगञ्जको बिन्नागढी ग्राम पञ्चायतको मानसरोवर कारखानामा लगभग 70 जना श्रमिकहरूले काम गर्ने गर्दछन्। तिनीहरूको भनाइअनुसार वर्षभरि काम गरेपछि पुजाको समयमा आफूहरू बोनस पाउने आशामा रहने गरेको साथै उक्त बोनसको रुपियाँले पुजामा नानीहरूको लागि नयाँ लुगाफाटा किन्ने गर्दछौँ। तर यस वर्ष पुजा समाप्त भए तापनि आफूहरूले हालसम्म बोनस नपाएकोले नानीहरूलाई नयाँ लुगा पनि किन्न नसकेको तिनीहरूले बताए। तृणमूल इन्डस्ट्रियल स्टेट वर्कर्स युनियन जलपाईगढीका जिल्ला सचिव तपन दे-ले बताएअनुसार यस वर्ष दुर्गा पुजा समाप्त भए तापनि मालिकपक्षको एसोसिएसनको तर्फबाट पुजाको बोनसलाई लिएर हालसम्म कुनै पत्राचार नगरेकोले श्रमिकहरूलाई बोनसबारे आफूहरू कुनै प्रकारको आश्वासन दिन नसकेको तिनले बताए यसैले आज श्रमिक संगठनको तर्फबाट कारखाना अघि गेट मीटिङ शुरू गरेको साथै 20 प्रतिशतको दरले बोनस दिइनुपर्ने माग गर्दै आफूहरूको आन्दोलन जारी रहने तिनले बताए। यदि 72 घण्टाको अवधिमा एसोसिएसनको तर्फबाट बोनसबारे आलोचना सभा गर्ने कुनै प्रकारको चिट्ठी नपठाएको खण्डमा कारखाना खुल्ला राखेर त्यहाँ उत्पादित गरिएको चियापत्ता बाहिर लैजान नदिने तिनले चेताउनी दिएका छन्। अर्कोतिर, यस सम्बन्धमा कारखानाका म्यानेजर राणा सरकारले भने, मालिक संगठनको घोषणा अनुसार पहिला 17 प्रतिशत बोनस दिइने घोषणा गरे तापनि श्रमिकहरूले सो 17 प्रतिशत बोनस लिन अस्वीकार गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *