दुर्गा पुजाको गाइड म्याप, गन्डार मोडमा ट्राफिक व्यवस्थाको सिलगढीका पुलिस कमिश्नरले गरे उद्घाटन

राजगञ्ज : दुर्गा पुजाको गाइड म्याप, कवच एप, नयाँ ट्राफिक सिग्नल र ट्राफिक बुथको आज सिलगढीका पुलिस कमिश्नर सी सुधाकरले उद्घाटन गरे। प्राप्त जानकारी अनुसार दीर्घदिन अघिदेखि स्थानीय मानिसहरूले सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको गन्डार मोडमा ट्राफिक व्यवस्थाको माग गर्दै आइरहेकोले सिलगढी पुलिस कमिश्नरले यसको पहल गरेको छ। उक्त ट्राफिक बुथको आज  पुलिस कमिश्नर सी सुधाकरले विधिवत् उद्घाटन गरे। यसको साथै कवच नाम गरेको एउटा एप पनि शुरू गरेको छ। उक्त एप मोबाइलमा डाउनलोड गरेर राखे कुनै दुर्घटना भएको खण्डमा पुलिसले तत्कालै थाहा पाउनेछ। यसबाहेक सिलगढीको दुर्गा पुजाको गाइड म्याप पनि आज सार्वजनिक गरियो। यस अवसरमा स्थानीय केही विद्यार्थीहरूलाई स्कुल ब्याग, गरिब मानिसहरूलाई नयाँ लुगाफाटा, प्याडेल भ्यान चालकहरूलाई रिफ्लेक्टर ज्याकेट, बाइक चालकहरूलाई हेलमेट तथा सिभिक भोलेन्टियरहरूलाई युनिफर्म प्रदान गरियो। यस अवसरमा सिलगढी मेट्रोपोलिटन पुलिसका एडीसीपी शुभेन्द्र कुमार, डीसीपी जय टुडू, डीसीपी ट्राफिक अभिषेक गुप्ता, एडीसीपी ट्राफिक पूर्णिमा शेर्पा, अन्य पुलिस अधिकारी, विधायक खगेश्वर राय लगायत इलाकाका जनप्रतिनिधिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *