दुर्गा पुजाको लागि दार्जिलिङ पुलिस-द्वारा पुजा गाइड लाइन जारी

दार्जिलिङ : आगामी दुर्गा पुजालाई लिएर आज दार्जिलिङ पुलिसको आयोजनामा दुर्गा पुजा को-अर्डिनेशनको सभा सम्पन्न भयो। उक्त सभामा जीटीए चेयरम्यान अनित थापा र राज्यसभा सांसद शान्ता छेत्री विशेष रूपमा उपस्थित थिए भने पहाड़ र मधेशका दुर्गा पुजा आयोजक कमिटीका प्रतिनिधिहरू पनि उपस्थित थिए। यस सभामा पहाड़ र मधेशका सबै पुजा कमिटीहरूलाई पुलिसको तर्फबाट गाइड लाइन जारी गरियो। विशेष रूपमा वर्तमान कोरोना भाइरसको खतरालाई मध्य नजर राख्दै विभिन्न सतर्कता र गाइड लाइन जारी गरिएको छ। यस सभामा राज्य सरकारको तर्फबाट मोठ 10 जना प्रत्येकलाई 50 हजार रुपियाँ पूजाको लागि प्रदान गरियो भने भविष्यमा अन्य पुजा कमिटीलाई पनि प्रदान गरिने भएको छ। दार्जिलिङ जिल्लामा यसपाली मोठ 187 वटा पुजा आयोजना भइरहेको जानकारी प्राप्त भएको छ। यसपालीको दुर्गा पुजामा खुल्ला पण्डालसितै पस्ने र निस्कने बेग्लै हुनुपर्ने, सबैले अनिवार्य रुपमा माक्स लगाउनु पर्ने, सेनिटाइजर राखिनुपर्ने तथा पुजा पण्डालमा सांस्कृतिक कार्यक्रम निषेध गरिएको सभामा प्रशानसनको तर्फबाट अवगत गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *