दुर्गा पुजामा मेला गर्ने मागमा महकुमा शासकलाई मेला कमिटीद्वारा ज्ञापन

सिलगढी : सात सूत्रीय मागलाई लिएर मेला हकर्स वेलफेयर एसोसिएशन र अल इन्डिया फेयर मर्चेन्ट वेलफेयर एसोसिएशनले आज महकुमा शासकसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। कोरोना महामारीले गर्दा गत केही महीनादेखि सबै मेलाहरू बन्द रहेको छ। हाल अनलकको चरणमा सहरमा सबै बिस्तारै-बिस्तारै सामान्य भइरहेकोले पुजा अवधि पुनः मेला शुरू गर्ने उक्त संयुक्त संगठनले माग गरेको छ। संगठनका सदस्यले बताएअनुसार मेलाकै माध्यमद्वारा आफू लगायत परिवारको भरण पोषण गर्ने हुनाले लकडाउनले गर्दा आफूहरूले विभिन्न समस्याहरूको सामना गर्न परिरहेको छ। यसैले आज संगठनद्वारा दुर्गा पुजामा मेला चालु गर्ने माग गर्दै एउटा र्‍यालीको माध्यमद्वारा महकुमाशासकलाई एउटा ज्ञापन पत्र चढाएको तिनीहरूले बताए। यसबाहेक तिनीहरूको अन्य विविध मागहरूको रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *