दुर्गा पुजामा मौसमले बाधा पुर्‍याउने, सप्तमीपछि सिलगढीमा अधिक पानी पर्ने सम्भावना

सिलगढी : सिलगढीमा दुर्गा पुजालाई लिएर मानिसहरूमा औधी उत्साह र उमङ्गको माहौल देखापरेको छ। माता दुर्गाको दर्शन गर्न तथा पुजा पण्डालहरू घुम्नको लागि धेरैजसो मानिसहरू आज पञ्चमीको रातिदेखि निस्कने गर्दछन्। कोरोना महामारीले गर्दा गत दुई वर्षपछि यस वर्ष पुजालाई लिएर उत्साहको माहौल सिलगढीमा देखापरेको छ। तथापि, मानिसहरूको उत्साहमा मौसमले बाधा पुर्‍याउने मौसम विभागले चेताउनी जारी गरेको छ। मौसम विभागले दिएको जानकारी अनुसार पुजा अवधि सप्तमीपछि मौसम परिवर्तन हुने भएको छ। अष्टमीको राति अथवा नवमीको बिहानदेखि दशमीसम्म सिलगढी लगायत उत्तर बंगालको केही ठाउँहरूमा अधिक वर्षा हुने सम्भावना रहेको छ। नवमीदेखि दशमीसम्म अत्याधिक वर्षा हुने साथै तीव्र हावाको साथमा बिजुली चम्किने मौसम विभागले सम्भावना जताएको छ। यसैले पुजा घुम्न आउने मानिसहरूले सावधानी अप्नाउनुपर्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *