दुर्घटनामा घाइते भएकाहरूलाई कालेबुङ अस्पताल गएर भेटे प्रार्थी डा. आरबी भुजेलले

कालेबुङ : लाभा बजार नजिक 9 माइल परिसरमा गत 24 मार्चमा भएको वाहन दुर्घटनामा घाइते भएका व्यक्तिहरूसित आज कालेबुङ जिल्ला अस्पतालमा गोजमुमो बिमल खेमाका कालेबुङ विधानसभा आसनका प्रार्थी डा. आरबी भुजेलले भेट गरे। यस अवसरमा अस्पतालमा उपचाराधीन अवस्थामा रहेका घाइतेहरूसित तिनीहरूको स्वास्थ्यबारे जानकारी लिनको साथै शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे। स्मरण रहोस्, गत 24 मार्च 2021-को दिन अपरान्ह 4 बजी कालेबुङबाट गितकोल्बुङतर्फ गइरहेको एउटा यात्री वाहन लाभा बजार नजिक दुर्घटनाग्रस्त हुँदा चालक जीवन सुनुवारको घटनास्थलमै मृत्यु भएको थियो  भने अन्य 14 जना वाहनमा सवार यात्रुहरू घाइते भएपछि तिनीहरूलाई कालेबुङ जिल्ला अस्पताल लगिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *