दुर्घटनामा परेकी नेहा गुरूङलाई आर्थिक सहयोग प्रदान

बिजनबारी: गत केही दिन अघि सिलिगढीमा दुर्घटनामा परेकी मझुवा ग्राम अधिनस्थ ढाँडगाउँ निवासी नेहा गुरूङलाई बचाउन विभिन्न सङ्घ-सस्थान लगायत स्थानीयवासीहरू लागि परेका छ्न्। यसैक्रममा अप्पर बतासी प्रधान गाउँ, नेहा गुरूङ बचाऔं समिति अन्तर्गत कपिल प्रधान र तिनको टोलीले मझुवा ग्राम अप्पर ढाड़गाँउ अविकृत परिवार समाजको कार्यकर्ताहरूको माझमा हालसम्म संग्रहित भएको सहयोग राशि नेहाको आमा मन कुमारी गुरूङको हातमा 1 लाख 42 हजार 609 रूपियाँ  नगद राशि प्रदान गरेको कपिल प्रधानले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *