दुर्घटनामा परेर निधन भएका होमगार्डको परिवारलाई लायन्स क्लब अफ् सिलगढी फुटहिल्स-द्वारा आर्थिक सहयोग

सिलगढी : कामबाट घर फर्किरहेको समय मर्मान्तिक सडक दुर्घटनामा परेर मृत्यु भएको सिलगढीको पूर्व चयनपाडा निवासी होमगार्ड चन्दन दे-को परिवारको सहयोगको लागि लायन्स क्लब अफ् सिलगढी फुटहिल्स अघि आएको छ। प्राप्त जानकारी अनुसार गत 4 मईमा ड्युटीबाट राति घर फर्किरहेको समय आशिघर नजिक ट्रकले किच्चाएर 46 वर्षीय चन्दन दे गम्भीर रूपमा घाइते भएपछि तत्कालै उद्धार गरेर अस्पतालमा भर्ना गरियो। यसपछि गत 11 मईको दिन उपचाराधीन अवस्थामा तिनको मृत्यु भएको थियो। चन्दन दे-को मृत्युपछि तिनको स्वास्नी र दुईजना छोरी असहाय बनेको खबर पाएर लायन्स क्लब अफ् सिलगढी फुटहिल्स तिनीहरूको सहयोगको लागि अघि आएको छ। लायन्स क्लब अफ् सिलगढी फुटहिल्सका सदस्यहरूले आज आसिघर आउटपोस्टका ओसी पार्थ प्रतीम दासलाई साथमा लिएर पीडित परिवारसित भेट गर्नको साथै 1 लाख रुपियाँ सहित स्मृति चिन्ह पनि प्रदान गरे।  यसरी असहाय परिवारलाई सहयोग गर्न पाउँदा निक्कै खुसी लागेको लायन्स क्लब अफ् सिलगढी फुटहिल्सका अध्यक्ष गौरीशङ्कर गोयलले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *