दुर्घटना पर्खिरहेको ढब्बुको समस्या समाधान

दार्जिलिङ: दार्जिलिङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 15 को राष्ट्रिय राजमार्ग-55 स्थित मोहनलाल पेट्रोल पम्प अघि मूल सडक छेवैमा नै ढब्बु खोल्लिएको कारण उक्त स्थानमा दुर्घटनाहरू हुनसक्ने प्रवल सम्भावना रहेको थियो। उक्त समस्या संज्ञानमा आउन साथ दुर्घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गरेर दार्जिलिङ नगरपालिका उपाध्यक्ष याङ्जी शेर्पाको विशेष पहलमा रवि तामाङ अनि नगरपालिका कर्मचारीहरूको सहयोगमा तत्कालै उक्त समस्याको समाधान गरिएको छ। उक्त सराहनीय कार्यको निम्ति स्थानीय मानिसहरूले नगरपालिका उपाध्यक्ष सहित नगरपालिकाका कर्मचारीहरूप्रति कृतज्ञता प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *