दुर्गोत्सवलाई हेरिटेजको स्वीकृति, 1 सेप्टेम्बरमा निकालिइने शोभायात्राको तयारीबारे सिलगढीमा बैठक

सिलगढी : युनेस्कोले बङ्गालको दुर्गोत्सवलाई हेरिटेजको स्वीकृति दिएकोले आगामी 1 सेप्टेम्बरमा जिल्ला जिल्लामा शोभायात्रा निकालिइने भएको छ। दार्जिलिङ जिल्ला प्रशासन तथा सिलगढी नगरनिगमले यसको तयारी शुरू गरेको छ। यसैले आज सिलगढीको दीनबन्धु मञ्चमा एउटा बैठक गरियो। उक्त बैठकमा सिलगढीको विभिन्न दुर्गा पुजा कमिटी, क्लब, पुलिस तथा प्रशासनका अधिकारीहरू लगायत नगरनिगमका अधिकारीहरू उपस्थित थिए। उक्त बैठकमा शोभायात्रा कसरी आकर्षक तथा व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा गरियो। बैठकको अन्तमा गौतम देवले भने, युनेस्कोले बङ्गालको दुर्गा पुजालाई हेरिटेजको स्वीकृति दिएको छ। यस परम्परालाई अघि बढाएर लैजाने उद्देश्य लिएर मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा आगामी 1 सेप्टेम्बरमा राज्यभरिमै रङ्गारङ्ग शोभायात्रा निकालिइने भएको छ। यसैलाई लिएर आज प्रस्तुति सभाको आयोजना गरिएको हो। दुर्गा पुजापछि कार्निभलको आयोजना गरिनेछ। आगामी 1 सेप्टम्बरको शोभायात्रापछि कार्निभलको तयारीलाई लिएर एउटा सभा गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *