दुष्कर्म पीड़ितासित भेट्न नदिएपछि असन्तुष्ट जाहेर गरिन् अग्निमित्रा पालले

सिलगढी : भाजपा प्रदेश महिला मोर्चा अध्यक्ष अग्निमित्र पाललाई आज एकपल्ट फेरि दुष्कर्म पीड़ित युवतीसित भेट गर्न दिएन। प्राप्त जानकारीअनुसार खोरीबारी  चियाकमान इलाका निवासी एउटी दिव्याङ्ग युवतीसित दुष्कर्म भएको थियो। यसपछि उक्त पीड़िताको उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा उपचार चलिरहेको छ। आज अग्निमित्रा उक्त पीड़ितासित भेट गर्न अस्पतालमा गए तापनि तिनलाई भेट्न नदिएको बताइएको छ। यसभन्दा अघि पनि गत राति तिनी उक्त पीड़ितासित भेट गर्न मेडिकल कलेजमा गएका थिए भने पीडितासित भेट गर्न नदिएको तिनले बताइन्। अग्निमित्रा पालले बताएअनुसार दुई दिनदेखि तिनलाई उक्त दुष्कर्म पीड़िता दिव्याङ्ग युवतीसित भेट गर्न नदिएकोमा असन्तुष्टि प्रकट गर्दै यसमा प्रशासनको हात रहेको आरोप लगाइन्। प्रशासनले सम्भवतः घटनाबारे केही लुकाउने प्रयास गरिरहेको पनि तिनले आरोप लगाइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *