दुष्कर्म पीड़ित नाबालिगसित भेटे विधायक सुनील चन्द्र तिर्कीले

खोरीबारी: स्थानीय विधायक सुनील चन्द्र तिर्की लगायत स्थानीय कार्यकर्ताहरूले खोरीबारी थाना अन्तगर्त शुकारुजोत निवासी दुष्कर्म पीड़ित आदिवासी नाबालिकको परिवारका सदस्यहरूसित भेट गरे। पीड़ित परिवारका सदस्यबाट नाबालिकको बारेमा जानकारी लिनको साथै हरसम्भव सहायता गर्ने विधायक सुनील चन्द्र तिर्कीले आश्वासन दिए। तिनले पीड़ित परिवारलाई केही लुगाफाटा सहित आर्थिक सहयोग गरे। यस अवधि विधायक सुनील चन्द्र तिर्की, बुढ़ागञ्ज अञ्चल अध्यक्ष सदानन्द राय, अरविन्द भट्टाचार्य, सन्तोष सिंह सहित अन्य मानिसहरू उपस्थित थिए। यस अवसरमा विधायक सुनील चन्द्र तिर्कीले भने, आरोपीलाई कठोरभन्दा कठोर सजाय पाउऩु पर्छ साथै यस्तो घटनाको पुनरावृति नहोस्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *