‘द्वारे सरकार’ अभियानबारे साङ्गीतिक सचेतना कार्यक्रम

सुकेपोखरी : द्वारे सरकार अभियानबारे मानिसहरूलाई सचेत गराउन सूचना एवम् संस्कृति विभाग पश्चिम बङ्गाल सरकार लोक प्रसार प्रकल्प नागरी धजेको पहलमा साङ्गीतिक सचेतना कार्यक्रमको आयोजना गरियो। मुख्यमन्त्री ममता ब्यानर्जीले शुरू गरेको द्वारे सरकार अर्थात् दैलोमा सरकार अभियान के हो, यसको माध्यमद्वारा के-कस्ता सुविधा र सहुलियतहरू उपलब्ध छ अनि यसमा देखिएको समस्या सामधान गर्नको लागि कसरी पहल गर्न सकिन्छ भन्ने विषयमा लोकसङ्गीत मार्फत् जानकारी गराइयो। यसका साथै कोभिड 19को महामारीबाट आफूलाई सुरक्षित राख्न व्यक्ति स्वयम् सचेत रहेर सामाजिक दूरी पालन गर्नको साथै मास्क र ह्याण्ड सेनिटाइजर प्रयोग गर्नुपर्नेबारे साधारण मानिसहरूलाई अवगत गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *