डीवाईएफआई बाघडुग्रा गोसाईपुर लोकल कमिटीको सम्मेलन

नक्सलबारी : गोसाईपुर पार्टी कार्यालयमा आयोजित डीवाईएफआई-को बाघडुग्रा गोसाईपुर लोकल कमिटीको सांगठनिक सम्मेलन सम्पन्न भयो। संगठनको पार्टीको झण्डा फहराएर सम्मेलन शुरू गरियो। यस अवसरमा लोकतान्त्रिक आन्दोलनका नेता प्रसन्ना बर्मन, देवाशीष घोष, डीवाईएफआई-का दार्जिलिङ जिल्ला सचिवालयका सदस्य बुलेट सिंह, राजु सहानी, शुभ्रदेव भट्टाचार्य, दीपाङ्कर दास, प्रकाश बर्मन, शम्भू कर्मकार, दिलीप मल्लिक, देवाशीष गुहा टुम्पा समद्दार, सौरभ दास लगायत अन्य उपस्थित थिए। उक्त सम्मेलनमा चियाकमानदेखि लिएर ग्रामीण क्षेत्रका धेरैजना युवक-युवतीहरू सामेल थिए। डीवाईएफआई-को बाघडुग्रा गोसाईपुर लोकल कमिटीका सचिव दिलीप घोष र अध्यक्ष प्रकाश बर्मनलाई चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *