डीवाईएफआई-द्वारा सद्‌भावना म्याराथान दौडको आयोजना

राजगञ्ज : साम्प्रदायिकताको सन्देश दिँदै डीवाईएफआई एवम् एसएफआई एनजेपी फुलबारी लोकल कमिटीको तर्फबाट आज सद्‌भावना म्याराथान दौडको आयोजना गरियो। धेरैजना धावकहरूले अंश ग्रहण गरेको उक्त म्याराथान दौड आज बिहान फुलबारीबाट शुरू गरेर शक्तिगढमा पुगेर समापन गरियो।


यस अवसरमा दार्जिलिङ जिल्ला सचिव मण्डलीका सदस्य दिलीप सिंहले बताएअनुसार विभिन्न राजनैतिक संगठनले देशको साम्प्रदायिक सद्‌भावना नष्ट गर्ने प्रयास गरिरहेकोले गर्दा नै आज आफूहरूले सद्‌भावना म्याराथान दौडको आयोजना गरेको हो। उक्त म्याराथान दौडमा पहिलो, दोस्रो र तेस्रो स्थान ओगट्ने धावकहरूलाई पुरस्कार प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *