डीवाईएफआई-द्वारा सद्‌भावना म्याराथान दौडको आयोजना गरिने

सिलगढी : डीवाईएफआई एनजेपी फुलबारी लोकल कमिटीको तर्फबाट आगामी 7 फरवरीको दिन सद्‌भावना म्याराथान दौडको आयोजना गरिने भएको छ। उक्त 10 किलोमिटरको म्याराथान दौड आगामी 7 फरवरी बिहान 7 बजी सिलगढीको फुलबारी हाट इलाकाबाट शुरू भएर फुलबारी, एनजेपीको विभिन्न इलाकाहरूको परिक्रमा गरेपछि शक्तिगढ आरआर प्राथमिक विद्यालयको प्राङ्गणमा पुगेपछि समापन हुनेछ। उक्त दौड प्रतियोगितामा विजयी धावकहरूलाई प्रथम पुरस्कार 5 हजार, दोस्रो पुरस्कार 3 हजार, तेस्रो पुरस्कार 2 हजार अनि चौथो र पाँचौँ पुरस्कार 1 हजार रुपियाँ प्रदान गरिने छ भने अन्य 7 जना प्रतियोगीलाई 5 सय रुपियाँ उपहार स्वरूप प्रदान गरिने बताइएको छ। डीवाईएफआई नेता तापस च्याटर्जीले बताएअनुसार देशभरि नै धर्मको नाममा विभाजन नीति अप्नाइरहेको छ त्यसैको प्रतिवाद जनाउँदै आफूहरूद्वारा उक्त सद्‌भावना म्याराथान दौडको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *