डीवाईएफआई-को सिलगढी पुलिस कमिश्नरेट अभियान, विभिन्न मागलाई लिएर चढायो ज्ञापन

सिलगढी, 16 दिसम्बरः विविध मागहरूसँगै सिलगढी पुलिस कमिश्नरेटको विरोधमा डीवाईएफआई दार्जिलिङ जिल्ला कमिटी अघि आएको छ।
आज डीवाईफआई-को राज्य सचिव मीनाक्षी मुखर्जीको नेतृत्वमा सिलगढीको महानन्दा पुल छेउबाट जुलूस निकालेर दार्जिलिङ मोड नजिकमा रहेको सिलगढी पुलिस कमिश्नरेटसम्म संगठनका कार्यकर्ता र समर्थकहरू पुगे। उक्त जुलूसलाई रोक्नको लागि अगावै कमिश्नरेटको गेट अगाडि धेरै संख्यामा पुलिस बल तैनाथ गरिएको थियो। त्यहाँ जुलूस पुग्नसाथ त्यसलाई रोकिदियो। त्यसपछि त्यहीं नै संगठनका कार्यकर्ता र समर्थकहरूले विरोध प्रदर्शन गरे।
आजको उक्त विरोध प्रदर्शनमा महिला सुरक्षा, आरजी करको न्याय, राज्यभरि पुलिसको क्रूरता, सिलगढीमा बढ्दो आपराधिक घटनाहरू र आपराध रोक्न पुलिसको असफलताबारे उनीहरूले आरोप लगाएका छन्। पछि, संगठनका सदस्यहरूले विभिन्न मागसहित एउटा डिपुटेशन दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *