डीवाईएफआई उत्तर लोकल कमिटीद्वारा प्रधान नगर थानामा ज्ञापन

सिलगढी : सिलगढी सहरमा मादक पदार्थको बिक्रीमा रोक लगाउने माग गर्दै आज डीवाईएफआई उत्तर लोकल कमिटीको तर्फबाट प्रधान नगर थानामा एउटा ज्ञापन पत्र चढाइयो। उत्तर लोकल कमिटीका अध्यक्ष विप्लव घोषले बताएअनुसार सिलगढी सहरमा खुल्ला रूपमा मादक पदार्थको बिक्री भइरहेको छ। युवा समाज दिन-प्रतिदिन यसको लतमा फँस्दै गइरहेकोले डीवाईएफआईले लगातार मादक पदार्थ विरुद्ध लड़ाइँ गर्दै आइरहेको छ। यसैले डीवाईएफआई उत्तर लोकल कमिटीको तर्फबाट आज फेरि मादक पदार्थको कारोबारसित संलग्न रहेका मानिसहरूविरुद्ध कठोर कार्वाही गरिनुपर्ने साथै थाना अन्तर्गत इलाकाहरूमा यसको बिक्रीमा रोक लगाउनुपर्ने माग गर्दै प्रधाननगर थानामा एउटा ज्ञापन पत्र चढाएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *