ई-विद्या परियोजनाको विधिवत् उद्घाटन

सिलगढी : रोटरी क्लब अफ् सिलगढी मिडटाउनको रोटरी क्लब अफ् बेङ्लोर साउथको पहलमा सिलगढी दीनबन्धु मञ्चमा ई-विद्या परियोजनाको उद्घाटन गरियो। यस अवसरमा राज्यका पर्यटनमन्त्री प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने अन्य विभिन्न संघ-संगठनहरू सीआईआई, एचएमए, सेठ श्रीलाल मार्केट युथ फोरम, इनर वेल क्लब, लायन्स क्लबसहित रोटरी क्लब बेङ्लोर साउथ, टाटा पावर, अन्य सामाजिक संगठनका पदाधिकारीहरू पनि उपस्थित थिए। सिलगढी रोटरी क्लबका अध्यक्ष प्रमोद कुमार अग्रवालले उक्त ई-विद्या प्रोजेक्टको बारेमा विस्तृत जानकारी गराउँदै यसको कसरी प्रयोग गरिनुपर्ने भन्ने बारेमा पनि जानकारी गराए। आजको कार्यक्रमपछि स्कुलका शिक्षकहरूलाई पनि यस सम्बन्धमा प्रशिक्षण गराइयो। स्मरण रहोस्, रोटरी क्लब अफ् सिलगढी मिड टाउनले रोटरी क्लब अफ् बेङ्गोरको सहयोगमा सिलगढीको 30 वटा सरकारी स्कुलहरूमा डिजिटल क्लास रूमको रूपमा ई-विद्या प्रोजेक्ट शुरू गर्ने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *